रामपुर–३ चनौलीमा एक वृद्ध मृत अवस्थामा फेला

प्रकाश ज्ञावली
पाल्पा, रामपुर नगरपालिका वडा नं. ३ चनौलीमा एक वृद्ध मृत अवस्थामा फेला परेको छ । मंगलबार विहान अन्दाजी ७५ वर्षिय नर बहादुर गुरुङ आफ्नै घर नजिकैको सडक नालीमा मृत फेला परेको हो ।

मंगलबार (आज) विहान ६ बजे स्थानीय भवेन्द्र गाहाले खानेपानीको पाईप मिलाउन जाने क्रममा मृत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेको थियो । बगाहा–सीताकुण्ड सडक नालीमा शरीरको केही भाग भलले छोपेको अवस्थामा उनी मृत फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । आफ्नो घर भन्दा २० मिटर तलको नालीमा उनी मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि रामपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गुरुङ रामपुर फाँट सिंचाई आयोजनाको निर्माणको क्रममा गोरखा बाट काम गर्न आएका थिए । सोही क्रममा एक महिला संग विवाह गरी रामपुर ३ मा बस्दै आएका थिए । श्रीमति तर्फको दुई छोरीहरुको विवाहदान उनैले गरिदिएका थिए । श्रीमतिको मृत्यु पश्चात गुरुङ एक्लै बस्दै आउनु भएको थियो । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?