भोलि बिहीबार सार्वजनिक बिदा

पाल्पा, सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा १४ गते सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले सोमबार एक सूचना जारी गर्दै बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ, ’नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) विसं२०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?