रामपुर नगरपालिकाका विभिन्न स्थानमा सोलार बत्ती जडान

पाल्पा , रामपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ ।   नगरपालिकाले वडा नं. ५ को नगरपालिका कार्यालय परिसर , वेझाँड बजार , सदावर्त चोक , तालपोखरा , कालिआँप , र किसानबारी बजारमा बुधबार सोलार बत्ती जडान गरेको हो ।

नगरका सडक चोक , सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा ७ वटा सौर्य बत्ती जडान गरेको छ । रातको समयमा हुन सक्ने  विभिन्न आपराधिक घटना  र सुरक्षालाई मध्यनजर गर्दै  नगरका विभिन्न स्थानमा अटोमेटिक सोलार बत्ती जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । नगर प्रमुख थापाले सोलार बत्ती जडान संगै सम्भावित अपराधिक घटनामा कमी आउनुका साथै रातको समयमा हिंडडुल गर्न सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरको सौन्दर्यता र सुरक्षाका लागि अहिले पहिलो चरणमा आवश्यक स्थानमा बत्ती जडान गरिएको र अन्य स्थानमा पनि सोलार बत्ती जडानलाई विस्तार गर्दै जाने बताउनुभयो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ससर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा पोल सहितको अटोमेटिक सोलार बत्ती जडान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?