एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको निधन

पाल्पा, नेकपा (एकीकृत समाजवादी ) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को निधन भएको छ । बगनासकाली गाउँपालिका १ चिर्तुङधारा पिप्ले स्थित आफ्नै निवासमा शुक्रबार बेलुकी हृदयघाट भई उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल प्रभास उपचारका लागि लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

५२ वर्षिय पाण्डेलाई शुक्रवार बेलुकी ६ः१५ बजे हृदयघाट भएपछि उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकाे र ६ः४५ बजे उनलाई डाक्टरले मृत घाेषणा गरिएकाे अाफन्तजनले बताएका छन् । घरमा छाती दुख्यो भनेर जानकारी दिएपछि लुम्बिनी मेडिकल कलेज आउने क्रममा बाटोमै बेहोस भएको र अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिनुभयो । पाण्डेयको दुई छोरा र श्रीमती हुनुहुन्छ । तीन भाइमध्ये माइला छोराको डेढ वर्षअघि २६ वर्षको उमेरमा हृदयघात बाटै मृत्यु भएको थियो । सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनुपूर्व एमाले उपसचिव हुनुहुन्थ्यो । पाण्डे जिल्लामा स्वच्छ छबी भएको नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

उनकाे शव शुक्रबार राती नै लुम्बिनी मेडिकल कलेजबाट घरमा लैजाने तयारी गरिएकाे छ भने शनिबार बिहान राम्दीमा अन्त्येष्टीका लागि लैजाने परिवारिक स्राेतले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?