रामपुर बचत तथा ऋण सहकारी द्वारा रामपुर अस्पतालमा प्रतिक्षालय निर्माण

असार २३
पाल्पा, रामपुर बचत तथा ऋण सहकारीको सहयोगमा रामपुर अस्पतालमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । अस्पताल प्रवेशद्वार नजिकै बनेको प्रतिक्षालय सहकारीले संचालक समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा एक कार्यक्रम गरी शनिबार अस्पताल विकास समिति र प्रशासनलाई हस्तान्तरण गरेको हो ।

सामाजिक सेवा अन्तर्गत सहकारीले गण्डकी बेशी क्षेत्रको मुख्य स्वाथ्य संस्थाको रुपमा रहेको अस्पतालमा प्रतिक्षालय निर्माण गरिएको सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले बताउनुभयो । सामाजिक उत्तरदायित्वको हिसावले सेवाग्राहीलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा दुईवटा प्रतिक्षालय निर्माण गर्ने सहकारीले जनाएको छ । रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले भौतिक संरचनाले अस्पतालमा अभाव नरहेको, अब प्राविधिक सेवालाई जोड दिने बताउनुभयो । अस्पतालमा भएको चौतारी भवन निर्माणका क्रममा मासिदै जान थालेको अवस्थामा रामपुर सहकारीले सामाजिक भावनाका साथ गरेको यस कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने र यसबाट बिरामी धेरै लाभान्वित हुने अध्यक्ष ढकालले बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले अस्पतालमा दैनिक सेवा लिने बिरामीको चाप बढेको बताउँदै अस्पताललाई सम्झेर सहकारीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । कार्यक्रमको संचालन सहकारीका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?