पाल्पा, रामपुर नगरपालिकाले आगामी वर्षको लागि ७२ करोड ८५ लाख बराबरको बजेट पारित गरेको छ । नगर सभा तथा १३ औ अधिवेशनको दोस्रो बैठकले संशोधन सहित बजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।
यस अघि नगर सभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८०÷०८१ का लागि ६९ करोड ७२ लाख ५० हजार बराबरको अनुमानित बजेट प्रस्तुत भएकोमा बजेटमा ३ करोड १२ लाख ५० हजार बढाएर ७२ करोड ८५ लाखको बजेट पारित गरेको हो । बजेट प्रस्तुत गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आन्तरिक आम्दानी वृद्धि गरी क्रमागत तर्फको बजेट बाँकी रहेकाले बजेटको आकार केही बढेको जानकारी दिनुभयो । उहाँले प्रस्तुत गर्नु भएको बजेट अनुसार नगरपालिकाले आय तर्फ संघिय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँढफाँड बाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक (पूँजीगत) ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) १ करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३ सय ४८, प्रदेश समपुरक १ करोड ५० लाख, प्रदेश ससर्त १ करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ ७ करोड लाख र अल्या ३ करोड २६ लाख १५ हजार ६ सय ५२ अनुमान गरिएको छ ।
नगरपालिकाले क्षेत्रगत बजेट सिमा निर्धारण गरेको छ । जस अनुसार आर्थिक विकास तर्फ २ करोड ५६ लाख ३० हजार, सामाजिक विकास तर्फ ३६ करोड ६१ लाख ३० हजार २ सय १८, पूर्वाधार विकास तर्फ १४ करोड ६० लाख ९९ हजार ७ सय ८२, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ३ करोड २२ लाख ४३ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्च १६ करोड ६४ लाख ७ हजार बजेट सिमा तोकेको छ । त्यस्तै नगर सभामा सुशासन समितिका संयोजक कपिल बहादलुर खाँणले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, नगर सचेतक दिवाकर देवकोटाले नगर प्रहरी सेवा संगठन सञ्चालन तथा व्यवस्थापन ऐन २०८० को मस्यौदा, लेखा समितिका संयोजक दामोदर पाठकले लेखा समितिको प्रतिवेदन र आर्थिक विकास समिति संयोजक दुर्गादेवी भण्डारी गौतमले लेखा समितिको कार्य सञ्चालन नियमावली प्रस्तुत गर्नु भएको थियो । बजेट तथा ऐन, निमावली, प्रतिवेदन नगर प्रमुख रमण बहादुर थापाले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।
बजेट तथा ऐन, निमावली, प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभा बैठक रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।