कालीगण्डकी करिडोर अन्तर्गत कालीआँपमा अस्थायी ट्राफिक प्रहरी पोष्ट र सदावर्तमा प्रहरी विट स्थापना

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका वडा नं. ६ कालीआँपमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तथा वडा नं. ४ को सदावर्तमा अस्थायी प्रहरी विट् सञ्चालनमा आएको छ । समाजको शान्ति सुरक्षा संगै सडक सुरक्षालाई मध्यनगर गर्दै रामपुर नगरपालिकाको सहयोगमा संरचना निर्माण गरी ईलाका प्रहरी कार्यालय रामपुरको समन्वयमा ट्राफिक पोष्ट तथा विट सञ्चालन गरिएको हो ।

रामपुर नगर प्रमुख रमण बहादुर थापा र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बुधबार पोष्ट तथा विटको छुट्टाछुट्टै कार्यक्रमका गरी संयुक्त रुपमा उट्घाटन गर्नु भएको हो । रामपुर नगरपालिकाको ५ लाख सहयोगमा रामपुर ६ काली आँपमा प्रहरी पोष्टको संरचना निर्माण गरिएको थियो । साथै रामपुर ४ सदावर्त चोकमा रामपुर नगरपालिकाको ३ लाख र स्थानीय समुह, संघ संस्थाको सहयोगमा संरचना निर्माण गरिएको थियो । उट्घाटन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख थापाले कालीगण्डकी करिडोर निर्माण संगै यातायातमा सहज भए पनि सडक सुरक्षामा जोखिम बढ्दै गएको तथा शहरी करण संगै विभिन्न प्रकृतिको घटना हुन सक्ने सम्भावना बढ्दो क्रममा रहेकाले न्यूनिकरणको लागि थप सहज गराउने बताउनुभयो । दुर्घटना न्यूनिकरण गर्न, घटनाहरु हुन नदिन प्रहरीलाई स्थानीयले साथ र सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि बर्दी प्रहरी संगै विना वर्दीका प्रहरी हामी नागरिकको उत्तिकै भुमिका हुने बताउनुभयो । उहाँले इलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिकामा बाहिर बाट बसाईसरेर आउने संख्या बढ्दो क्रममा रहेकाले चुनौती कायम नै रहेको भन्दै प्रहरी दरबन्दी थप गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले शान्ति सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक जनशक्तीको लागि नगरले पहल गर्दै आईरहेको बताउनुभयो ।

प्रहरी उपरीक्षक हेरम्ब शर्माले पाल्पामा प्रहरीले स्थानीय सरकार संगको समन्वयमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले जिल्लामा सिमित जनशक्तिका विच विभिन्न स्थानमा प्रहरी पोष्ट स्थापनाका लागि माग हुँदै आएको स्मरण गराउनुभयो । साथै शर्माले प्रहरीको लागि सूचना महत्वपूर्ण कुरा रहेकाले समयमै प्रहरीलाई सुचना प्रदानमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले प्रहरी संगठनका भित्रै पनि कसैले गल्ती गरिरहेका छन् भने सम्बन्धीत निकायमा सयम मै खबर गर्न अनुरोध गर्नुभयो ।

कालीआँपमा भएको कार्यक्रमलाई सम्बोधन गदैै रामपुर नगरपालिकाका सल्लाहाकार विष्णु मायाँ ढकालले बढ्दो शहरीकरण संगै सडक पहुँचले रामपुरमा सुरक्षा चुनौती थपिदै गएकाले जनशक्ती थप गर्न आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले रामपुर ६ को कालीआँपमा ट्राफिक प्रहरी पोष्टलाई प्रहरी विटको रुपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो । रामपुर नगरपालिका ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिल बहादुर खाँणको स्वागत र वडा सचिव चिन्तामणी भण्डारीको सञ्चालनमा भएको थियो । यता रामपुर ४ सदावर्तमा भएको कार्यक्रम वडा नं. ४ कावडाध्यक्ष राम बहादुर रानाको अध्यक्षता, रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं नगर सल्लाहाकार विष्णु देवी घिमिरे आचार्यको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सदावर्त व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर थापाले धन्यवाद ज्ञापन गर्नु भएको हो । कार्यक्रमको सञ्चालन रामपुर उद्योग वाणिज्य संघका महासचिव पुरुषोत्तम केसीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?