कालीगण्डकीमा डुवेर एक युवकको मृत्यु

पाल्पा, पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ का एक युवकको कालीगण्डकीमा डुबेर मृत्यु भएको छ । रम्भा गाउँपालिका २ घर भई हाल रम्भा –१ छापमा बस्दै आउनु भएका २६ वर्षिय कोपिल पाँडे मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार माछा मार्न गएका पाँडेको माछा मार्ने जालमा फसेर मृत्यु भएको हो । घर बाट १ किलोमिटर टाढा कालीगण्डकीमा माछा मार्न गएकोमा उहाँको माछा मार्ने जालमा फसेर पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
घटना शुक्रबार दिउँसो १२ बजे भए पनि प्रहरीमा भने साँझ ७ः१५ बजे मात्र सूचना प्राप्त भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?