रोटरी क्लव अफ रामपुरको अध्यक्षमा सागर प्रसाद देवकोटा

पाल्पा, रोटरी क्लव अफ रामपुर पाल्पाले नेतृत्व हस्तान्तरण गरेको छ । स्थापनाको तेस्रो बर्षको अवसरमा क्लवले एक कार्यक्रमका विच नेतृत्व हस्तान्तरण गरेको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ रामपुरको अध्यक्षमा सागर प्रसाद देवकोटा चयन हुनु भएको छ ।

    देवकोटालाई अध्यक्ष पदमा चयन गर्दै चार्टर सर्टिफिकेट प्रदान गरिएको छ । क्लवका पूर्व अध्यक्ष रुद्रनारायण श्रेष्ठले देवकोटालाई पद हस्तान्तरण गर्नु भएको हो । क्लवको प्रेसिडेन्ट इलेक्टमा कृतिनाथ श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट नोमिनीमा गोविन्दप्रसाद देवकोटा, कोषाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्णप्रसाद अर्याल, सचिवमा गोविन्द पाठक, सह–सचिवमा कृष्टिना श्रेष्ठ र अन्य सदस्यमा रहनु भएको छ । कार्यक्रममा प्रमुख  अतिथी लुम्बिनी प्रदेशसभा सदस्य एवं क्लवका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रोटरी क्लव सामाजिक भावनाले काम गर्ने क्लव भएकोले यसको विकास र विस्तार आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले आफूले गरेका कामहरुको उदाहरण दिदै कोभिडको समयमा स्वाश्थ्य सामाग्री वितरण, विद्यालयहरुमा शैक्षिक सामाग्री विद्यालय पोशाक वितरण लगायतका काम गरेको बताउनुभयो ।

क्लवका जिएसआर कृष्णप्रसाद अर्याल र डिरेक्ट एजी सुनिल श्रेष्ठले रोटरीको उद्देश्य तथा अवधारणा बारे बताउदै आगामी दिनमा महिला सहभागीतालाई जोड दिदै छोरी शिक्षा अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेल, सामुदायिक रेडियो रामपुरका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरे लगायतले रोटरीले गरेका कामको प्रशंसा गर्दै, आगामी योजनाका बारेमा सुझाव दिनुभयो ।

क्बलका कोषाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले बर्ष सन् २०२३/२०२४ को प्रगतिबारे सुनाउनु भएको थियो । होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रममा पे्रसिडेन्ट इलेक्ट नोमिनी गोविन्दप्रसाद देवकोटाले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको संचालन सचिव गोविन्द पाठकले गर्नुभएको हो । कार्यक्रमको अवसरमा कृष्णप्रसाद भट्टराई, नारायणी सुवेदी, धनराज गौतम नयाँ सदस्य बन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?