पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३, मा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रैनादेवी छहरा–३, झिरबार देउराली बस्ने ४२ वर्षिय गोविन्द बरम्लेको शनिबार साँझ मृत्यु भएको हो ।
आफ्नै घरनजिकै खेतमा पानी तान्ने मोटर चलाउनको लागि विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर उहाँको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।