रामपुर आधारभूतमा अंग्रेजी भाषा कक्षा शिक्षण सिकाई सम्पन्न

दुर्गेश मल्ल
पाल्पा, रामपुर आधारभुत विद्यालय रामपुर–५ पाल्पामा अंग्रेजी भाषा कक्षा शिक्षण सिकाई सम्पन्न भएको छ । वर्षे विदाको समयमा विद्यार्थीहरुको लागि सञ्चालन गरिएको अंग्रेजी भाषा शिक्षण कार्यक्रमको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

२२ दिन सम्म सन्चालन भएको भाषा कक्षामा विद्यालयमा अध्ययनरत कक्षा एक देखि कक्षा आठ सम्मका ६३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले शिक्षाको गुणस्तर सुधारमा विद्यार्थी संख्या के कति छ भन्ने कुरामा भन्दा पनि विद्यार्थीले नतिजा के ल्याउछ भने कुरामा अर्थ राख्ने बताउनु भयो । विद्यालय राम्रो बनाउनका लागी विद्यालय व्यवस्थापन समितिको व्यवस्थापकिय पक्ष, प्रधानाध्यापक लगनशिलता, शिक्षकको चिन्तन, अभिभाबकको मनन, सरोकारवलाको अनुगमन , विद्यार्थीको अनुशासन महत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य साबित्रा गौतमले विद्यालयको हरेक गतिविधिमा सुधार भइरहेको बताउँदै विद्यालयको विकासको लागि सदैब साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा अंग्रेजी भाषा शिक्षणका प्रशिक्षक पे्रम दर्जीले बालबालिकालाई हामीले सही कुरा तर सिकाईमा फरक तरिकाले सिकायौ भने गर्न नसक्ने भन्ने कुरा नरहेको बताउनु भयो । कार्यक्रममा अभिभाबक तर्फबाट सवित्रा पराजुली, विद्यार्थी प्रयास अधिकारीले आफनो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजय शर्मा अर्यालले धेरै ठाउँका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम बाट कक्षासन्चालन भए पनि अंग्रेजी भाषा सामान्य रुपमा पनि प्रयोग नभएकोले कम्तीमा दैनिक प्रयोग हुने बोलीचालीका कुराहरु विद्यार्थीले सिक्नु अनिवार्य ठानेर कक्षा सन्चालन गरेको बताउनु भयो । कार्यक्रममा प्रशिक्षक प्रेम दर्जीलाई विद्यालयले सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक विजय शर्मा अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका पुनम रानाले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?