सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको मालुङ्गामा कार दुर्घटना हुँदा ३ जना घाईते

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । बुटवल बाट पोखरा तर्फ जाँदै गरेको ग२च २१७४ नं. को कार सोमबार साँझ दुर्घटना हुँदा चालक सहित कारमा सवार ३ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा चालक पोखरा महानगरपालिका न.पा. ११ कास्की बस्ने बर्ष ४३ को सुमन गुरूङ, पोखरा महानगरपालिका ३० का २८ वर्षियउत्तम भण्डारी र पोखरा महानगरपालिका ५ बस्ने बर्ष ३५ को सन्दिप थकाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । उनीहरुलाई गल्याङ नगर अस्पतालमा उपचार पश्चात मनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।

यस्तै सोमबार साँझ ५:३० बजे स्याङ्जाको वालिङ ८ कटहरबोट स्थित भित्रि सडक खण्डमा वालिङबाट भुम्रे तर्फ जाँदै गरेको ग.११प. ८३९६ नं. को स्कूटरले वालिङ १० तल्लो वालिङ बस्ने पैदलयात्री वर्ष २८ की एलिसा थापा घाईते भएकी छिन् । उनको अवस्था सामान्य रहेको र निजकले साथ बोकेकी निजकी छोरी ११ महिनाकी बिरिता थापाको निधारमा चोट लागेको छ । दुवै जना घाईते मध्ये प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात आमा डिस्चार्ज भएको र  छोरी बिरिता थापालाई थप उपचारको लागि मनिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ । स्कूटर चालक भिरकोट न.पा. ५ स्याङ्जा बस्ने बर्ष २९ को राम सेन र स्कूटर प्रहरीको नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?