पाल्पा, रिब्दीकोट गाउँपालिका –७ मैनादी पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । मैनादीको कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
सोमबार घरमाथिको बाटोमा देखिएका पराजुली अर्को दिन कही कतै नदेखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय मुझुङ्गलाई खबर गरेका थिए । मुझुङ्गबाट गएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्दा ढोकाको चुक्कल लगाई गोठ भित्रै सुतेको अवस्थामा भेटाएका थिए । स्थानीय र जनप्रतिनिधिको रोहबरमा ढोका फोडी हेर्दा मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनी विगत ७ वर्षदेखि एक्लै खाली गोठमा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।