सिद्धबाबामा गुडिरहेको जिप माथि पहिरो खस्दा तीन जना घाइते

पाल्पा, तिनाउ गाउँपालिका-३, दोभान पाल्पाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिप माथि पहिरो खस्दा तीन जना घाइते भएका छन् । सोमबार विहान बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिप माथि पहिरो खस्दा सहित तीन जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका २४ वर्षीय चन्दन कार्की र चालक नवलपुर त्रिवेणीका ३२ वर्षीय विवेक कार्की रहेका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहितको पहिरो खसेर जिपलाई च्यापेको थियो । राजमार्ग ढुंगा फालेर एकतर्फी खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?