साउनेधारामा पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु

पाल्पा, निर्माणाधिन दशावतार धाम रामपुर नगरपालिका–७ साउनेधारामा पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । धर्मोदय दशावतार बालन सांस्कृतिक समुह रामपुर पाल्पाको आयोजनामा ३ दिने कथा प्रवचन सुरु भएको हो ।

२७ गते सम्म सञ्चालन हुने प्रवचनको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उट्घाटन गर्नु भएको हो । कथा प्रवचनको शुभारम्भ गर्दै नगर प्रमुख थापाले धर्म, संस्कार र संस्कृतिले पहिचान कायम राख्न र नैतिकवान बन्न उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले रामपुरलाई चिनाउन धर्मोदय दशावतार बालनले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । बालनको संरक्षण संगै दशावतार धाम निर्माणको नगरपालिका लागि परेको बताउनुभयो ।

उहाँले धाम निर्माणको लागि डिपिआर तयार भएको र पूर्वाधार सम्पन्न गर्नका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतम संस्कृतिको महत्वको बारेमा नयाँ पूस्तालाई जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । धर्मोदय दशावतार बालन सांस्कृतिक समुहका अध्यक्ष एवं व्यास पण्डित हरी प्रसाद खनालको अध्यक्षमा भएको कार्यक्रम समुहका उपाध्यक्ष केशवराज ज्ञावलीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद भट्टराईले गर्नु भएको हो । कथा प्रवचन धर्मोदय दशावतार बालन सांस्कृतिक समुहका अध्यक्ष एवं व्यास पण्डित हरी प्रसाद खनाल ज्यू मार्फत भैरहेको छ ।
हिन्दु परम्परा र संस्कार अनुसार साउन महिनालाई पूरुषोत्तम महिनाको रुपमा लिने गरिन्छ । अहिले विभिन्न स्थानमा पुरुषोत्तम महात्म्य कथा प्रवचन भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?