९३ एम्पुल लागु औषध सहित तानसेन बाट १ जना पक्राउ

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–२ बाट प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१२ घर भई हाल तानसेन नगरपालिका–२ नारायणस्थान डेरा गरी बस्ने २४ वर्षिय कमल कुमार खड्कालाई विहिबार अपरान्ह जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

उनले कोठाभित्र अबैध लागु औषध लुकाई छिपाई राखी बेच बिखन समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । खानतलासीको क्रममा उनको कोठा बाट ९३ एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ । कोठा भित्र रहेको सिलिण्डर ग्याँस माथी रहेको चामलकोे बोरा माथि कपडा भित्र लुकाई राखेको अवस्थामा लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोठा बाट डाईजेपाम–३१ एम्पुल, फेनारगन–३१ एम्पुल, आईपीपीएल टालजेसिक–३१ एम्पुल गरी ९३ एम्पुल लागु औषध फेला परेको छ । कोठाको खाटमुनी लुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्जको निडल १५ थान, निडल ११ थान, प्रयोग गरेको फुटेको एम्पुल ८ थान भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा ल्याई उनलाई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?