तिलक गुरुङ
वालिङ, स्याङ्जाको वालिङ नगरपालिका–५ को विभिन्न टोलका पक्की सडकका किनारहरुमा वृक्षरोपण गरिएको हो । वालिङ नगर पालिका वडा नं. ५ को आयोजना र डिभिजन वन कार्यलय स्याङ्जाको बिरुवा सहयोगमा फूल प्रजातिको विरुवा लगाईएको हो ।
वडाको जगत भञ्ज्याङ टोल, बिकास बाहुनडाँडा टोल, जर्कोट,माझकोट, दिप्का, बडहरे, टोलका पक्की सडकको किनारामा विभिन्न प्रजातिका ६५० वटा बिरुवा रोपिएको हो । विरुवा रोपणमा टोल विकास संस्थाका संयोजक सहित पदाधिकारी, स्थानीय, समाजसेवी तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । जगत भञ्ज्याङको साउने पानी देखि माझकोट भञ्ज्याङ सम्मका सडक किनारा बडहरे शाही गाउँ देखि दिप्का सम्म रोपण गरिएको हो ।
साविक जगत भञ्ज्याङ्ग गाविसका पूर्व गाविस अध्यक्ष नर प्रसाद रेग्मीले कल्की फुलको बिरुवा रोपेर वृक्षरोपण शुभारम्भ गर्नु भएको थियो । वडा अध्यक्ष छवि आलेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव डोल जङ गुरुङले गर्नु भएको हाम्रा वालिङ सहकर्मी तिलक गुरुङले जानकारी दिनुभयो ।