पाल्पा, स्वास्थ्य बीमा बोर्डले पाल्पाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई सेवा प्रदायक संस्थाको सूचि बाट हटाएको छ । बोर्डले एक सूचना जारी गर्दै पाल्पाका दुई अस्पताल सहित २६ स्वास्थ्य संस्थालाई सूचि बाट हटाएको हो ।
बोर्डले सम्झौता मिति समाप्त भएका तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई बीमा सूचिबाट हटाएको सूचनामा उल्लेख गरेको छ । जिल्लाका यी दुई अस्पताल मध्ये लुम्बिनी मेडिकल कलेजले एक वर्ष अघिदेखि स्वास्थ्य बीमा सेवा बन्द गरेको थियो भने यूनाइटेड मिसन अस्पतालले गत साउन २१ देखि स्थगित गरेको थियो । बीमा बोर्डले सेवा उपलब्ध गराएवापतको भुक्तानी दावी गरिएको रकम समयमा नपठाएको भन्दै सेवा बन्द भएको थियो ।
जिल्लाका सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव, पर्याप्त शैया नहुनु तथा भवन जिर्ण बन्दैगएकाले सेवाग्राही र सेवा लिन ठूला अस्पतालमा जानुपर्ने बाध्यता छ । निजी क्षेत्रका दुई ठूला अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द भए संगै स्थानीयलाई समस्या भएको छ ।