नेपाली कांग्रसका महामन्त्री शर्मा सोमबार रामपुर आउने

पाल्पा, नेपाली कांग्रसका महामन्त्री विश्व प्रकाश शर्मा भोली (सोमबार) पाल्पाको रामपुर आउनुहुने भएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, पाल्पा क्षेत्र नं. १ को आयोजना हुन लागेको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनका लागि शर्मा रामपुर आउन लाग्नु भएको हो ।

रामपुर नगरपालिका–५, बेझाँडमा हुने सम्मेलनमा शर्मा आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, पाल्पा क्षेत्र नं. १ का सचिव कपिल बहादुर खाँणले जानकारी दिनुभयो । न्यू होटेल श्रीनगरको सभाहलमा हुन गैरहेको सम्मेलन विहान ११ बजे देखि सुरु हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?