तानसेन १२ मा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–१४, अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा परी एक जना घाईते भएका छन् ।
तानसेन–तम्घास पक्की सडक खण्ड अन्तर्गत जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल सोमबार विहान १ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनाका चालक कालीमाटी गाउँपालिका–२ सल्यानका ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
मोटरसाईकल अनियन्त्रित भई भित्तामा ठोक्किन जाँदा चालक घर्ती सहित मोटरसाईलमा सवार श्रवल गाउँपालिका १ नवलपरासीका २८ वर्षिय ओम प्रकाश थारु घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल तानसेन लगिएको थियो । चेकजाँच पश्चात घर्तीलाई चिकित्सकले मृत घोषणा गरेको हो ।
घाइते भएका थारुलाई मिसन अस्पतालमा उपचार पछि सिटी स्क्यानका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था भने मध्यम रहेको बताईएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?