जोर्तेमा स्कारर्पिओ पहिरोले पुर्दा तीन जनाको मृत्यु, ८ जना घाईते

पाल्पा, तानसेन तम्घास सडक खण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट–२ जोर्तेमा गुडिरहेको स्कारर्पिओ ढुङ्गा सहितको पहिरोले पुर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने ८ जना घाईते भएको छ ।

गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको र ८ जना घाईते भएको जानकारी दिनुभयो । मृतक मध्ये २ पुरुष र १ महिला रहेका छन् । घाईतेहरुको उद्धार गरी अस्पताल पठाईएको छ । तीन जनाको शव पहिरो हटाएर गाडी बाट  निकाल्ने कार्य भैरहेको जानकारी दिनुभयो ।

स्थानीय र प्रहरीसहितको टोली उद्दारमा लागेको छ । दुर्घटनाको बारेमा थप थप विवरण आउँन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?