पाल्पा, नेपाल प्रेस युनियन पाल्पाले कटुवाल खबर डटकमका संवाददाता एवं युनियन सदस्य प्रकाश ज्ञावलीलाई आएको धम्की प्रति ध्यानाकर्षण भएको जनाएको छ । युनियनका जिल्ला सदस्य ज्ञवालीलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अपशब्द लेखेर धम्की दिएको घटना प्रति शुक्रबार एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
ज्ञवालीलाई रामपुर नगरपालिका वडा नं. ४ निवासी प्रितम केसी नाम गरेको व्यक्तिले आफ्नो फेसबुक एकाउन्टबाट रातको समयमा म्यासेन्जरमा समाचारको विषयलाई लिएर केसीले अनावश्यक लाञ्छना लगाउने , धाकधम्कीको भाषा प्रगोग गरेर गाली गलौज गर्र्ने कार्यको भत्सर्ना गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारले लेख्ने समाचारका विषयमा कसैको केही गुनासो भएमा वा चित्त नबुझेमा कानुनी उपचारमा जान सकिने व्यवस्था छ । कसैलाई चित्त नबुझेमा कानुनी बाटो रोज्नुको साटो अनावश्यक गालीगलौज, धम्की दिने, अपशब्द प्रयोग गर्न कार्यप्रति नेपाल प्रेस युनियन पाल्पा घोर भत्सर्ना गर्दछ ।’
युनियनले समाचारका विषयलाई लिएर पत्रकारलाई धाकधम्की दिने, गालीगलौज गर्ने कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई सचेत गराउँदै धम्की दिनेलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष आग्रह गरेको छ ।