रामपुरमा २ दिने एकिकृत व्यवसाय दर्ता शिविर सुरु

पाल्पा, रामपुरमा २ दिने एकिकृत व्यवसाय दर्ता शिविर सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको सहयोग, घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पा र करदाता सेवा कार्यालय तानेसन पाल्पाको समन्यवमा शुक्रबार बाट शिविर सुरु भएको हो ।

पाल्पाको पूर्वी क्षेत्रका उद्योगी, व्यापारी तथा व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको हो । पहिलो दिन करदाता सेवा कार्यालय बाट प्रवाह हुने सेवा प्रदान गरिएको थियो । शनिबार करदाता सेवा कार्यालय संगै घरेलु तथा साना उद्योग कार्यालय बाट प्रदान गरिने सेवा शिविर बाटै प्रवाह हुने रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन ६० जना भन्दा बढीले सेवा लिएका छन् ।

शिविर बाट नयाँ फर्म दर्ता, नविकरण, पुँजी वृद्धि, फर्म खारेज, स्थायी लेखा नं. प्रदान, व्यवसाय कर तथा अन्तशुल्क प्रदान लगाएतका सेवा प्रदान भैरहेको छ । रामपुर उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालयमा सरुवा भई आउनु भएका कर अधिकृत विमला महत र घरेलु तथा साना उद्योग कार्यालय पाल्पा आउनु भएका उद्योग अधिकृत श्याम कुमार पौडेललाई स्वागत गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?