रामपुरमा शुक्रबार निकालियो गाईजात्रा

पाल्पा, यस वर्ष अधिकांश स्थानमा तिथीको कारण गाईजात्रा विहिबार नै गाईजात्रा लिकालिए पनि पाल्पाको रामपुरमा भने शुक्रबार गाईजात्रा निकालिएको छ । यस वर्ष जनैपूर्णिमा र प्रतिपदा एकै दिन परेकाले तानसेन लगाएत विभिन्न स्थानमा विहिबार नै गाईजात्रा निकालिएको थियो ।

रामपुरमा भने जनैपूर्णिमा मनाएको भोलि पल्ट जात्रा निकालिने प्रचलन अनुसार शनिबार जात्रा निकालिएको नेवा ः समाज रामपुरले जनाएको छ । यस वर्ष दिवंगत भएका घर बाट आफन्तहरुले गाईजात्रा निकालेका थिए । रामपुर क्षेत्रका विभिन्न स्थानमा बाट निकालिएको गाईजात्रा बेझाँड बजार परिक्रमा पछि चोकमा प्रदर्शन गरिएको थियो । गाईको रुपमा सिँगारेर आफन्त र शुभचिन्तकहरूको उल्लेख्य सहभागितामा जात्रा निकालिएको थियो । रामपुर नगरपालिका ८ रानीबासमा पनि गोर्खाली नेवा समाजले जात्रा निकालेको थियो ।

रामपुर नेवा: समाज रामपुरले रोपाई जात्रा निकाल्ने तयारी भैरहेको नेवा: समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । गाईजात्रा मेलाको तयारी हरेक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि ८ दिनसम्म यो पर्व मनाइन्छ । ऐतिहासिक कथनअनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए ।

तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यंग्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार सुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ । गाईजात्राको दिन एक वर्षभित्र दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरू गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ-आफ्नो नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने चलन रहेको छ । आज रामपुर ८ गोर्खाली गाउँ नेवा समाजले रानीबासमा जात्रा निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?