एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा कंडेल निर्वाचित

बुटवल, नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित हुनु भएको छ । बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाट कंडेल निर्वाचित हुनु भएको हो ।

अधिवेशनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि छनौटका लागि मंगलबार मतदान भएको थियो । गयराती सकिएको अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी हुनु भएको हो ।

खसेको कुल मत कंडेलले ४७९ मत प्राप्त गर्नु भएको थियो भने रिजालले ४७७ मत प्राप्त गर्नु भएको थियो । पदाधिकारीमा एक उपसचिव वाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छ ।

सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य पनि कंडेल पक्षका हुनुहुन्छ । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी हुनु भएको छ । महिला उपसचिवमा लिला राना विजयी हुनु भएकाृे छ । बुढामगर रिजाल प्यानलका हुनुहुन्छ भने बांकी सबै कंडेल प्यानलका हुन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनु भएको छ । घिमिरे पनि कंडेल प्यानलकै हुनुहन्छ । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?