कृष्ण जन्माष्टमीमा सीताकुण्ड पुग्नेहरुको संख्या बढ्दै

पाल्पा, पाल्पाको श्री कृष्णजन्माष्टमीको अवसरमा रामपुर नगरपालिका–३, स्थित पौराणिक, धार्मिक एवं पर्यटकियस्थल सीताकुण्डमा बुधबार हजारौं श्रद्धालु भक्तजन पुगेका छन् । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्दै आएको कुण्डमा स्नान गर्न तथा पुजा गर्नका लागि हजारौंको संख्यामा पुगेका थिए ।

त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा रामपुर क्षेत्रमा घुम्न आएको र सीता रजस्वाला भएको समयमा भगवान रामले यस ठाउँमा वाण प्रहार पानी निकाली नुहाउने व्यवस्था मिलाएको भन्ने जनविश्वास रहेको छ । जमिन मुनि बाट कुण्डमा सदाबहार पानी आईरहेको हुन्छ । कुण्डमा नुहाई पुजा गर्दा मोक्ष्य प्रप्ति हुने र मनोकांक्षा पुरा हुन्छ भन्ने धर्मिक विश्वास रहेको ८९ वर्षिय जेष्ठ नागरिक जैन बहादुर मल्लले बताउनुभयो । मन्दिरमा सदियौ देखि निरन्तर रुपमा पुजा हुँदै आएको छ ।

विगतमा स्थानीय र सीताकुण्ड आसपासका स्थानीयले मात्र पुजा गर्दै आए पनि पछिल्लो समय अन्यत्र बाट पनि पुजा गर्न तथा कुण्ड अवलोकन गर्न आउने गरेका छन् । कृष्ण जन्माष्टमीको अवसरमा पछिल्लो समय भक्तजनहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । कुण्डको प्रचार प्रसार तथा सडक यातायातको पहुँच संगै वर्षेनी मन्दिर दर्शन गर्न आउनेहरुको संख्या वृद्धि हुँदै आएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुल बहादुर सेनले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार हजारौं भक्तजनहरुले मन्दिरमा पुजा संगै कुण्डमा स्नान गरेको बताउनुभयो ।
पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही लगाएतका स्थान जिप, मोटर साईकल तथा पैदल बाट पुगेका थिए । मन्दिरमा विहान साढे ६ बजे देखि नै भजन कृतन सहित पुजा सुरु गरिएको नारीकल्याण आमा समूह सचिव सुमित्रा सिंले जानकारी दिनुभयो । यस कुण्डको विशेषताको रुपमा विश्वमै फरक किसिमको विशेष धान समेत रहेको छ । सो धान कुण्ड आफै हुर्किने र झर्ने गर्दछ । जन्मअष्टमिको दिन भक्तजनहरुले कालीनदीको पानी सीताकुण्डमा ल्याई मिसाउने, कुण्डको पानी कालीगण्डकीमा मिसाउने गर्दछन् । साथै याहाँको कुण्डमा स्नान गर्ने र सीता कुण्डमा रहेको विशेष किसिमको धान गोड्ने गर्छन् । कुण्डमा कृष्णजन्माष्टमी, तिज र रामनवमीमा भक्तजनहरुले स्नान गर्ने गर्दछन् । कुण्डमा कृष्णजन्माष्टमी, तिज र रामनवमीमा भक्तजनहरुले स्नान गर्ने गर्दछन् । अन्य समयमा पनि कुण्ड अवलोकन र मन्दिर दर्शनका लागि विभिन्न स्थान बाट दैनिक रुपमा पुग्ने गर्दछन् ।

  यस्तै कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको थियो । सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता तथा वडा स्तरीय प्रौढ व्याटमिन्टन प्रतियोगिता भएको थियो ।

वडा स्तरीय खुल्ला भलिबल प्रतियोगितामा प्रथम चापाकोट नगरपालिका ६ मोहमी प्रथम, आयोजक द्धितिय र रामपुर नगरपालिका १ तृतिय भएको छ । ४५ वर्ष माथिको प्रौढ व्याटमिन्टन प्रतियोगितामा दान बहादुर राना र प्रेम बयम्बु प्रथम र हुम बहादुर सेन र दिनेश कानुङ्ग द्धितिय भएको छ । प्रतियोगिताका विजेताहरुलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुल बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको हो । पुरस्कार वितरण गर्दै प्रमुख अतिथी थापाले सीताकुण्ड रामपुर नगरको महत्वपूर्ण धार्मिक एवं पर्यटकिय स्थल भएको बताउँदै नगरपालिकाले पनि विशेष रुपमा हेरेको बताउनुभयो ।

कार्यक्रममा रामपुर–५ बहखोलाको लाखेनाच प्रदर्शन गरिएको थियो । समितिका सचिव हर्क बहादुर सेनको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी थापाले गर्नु भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?