माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

स्याङ्जा, वालिङ नगरपालिका ६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ् नगरपालिका ६ आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

शुक्रबार विहान०२ः१० बजेको समयमा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । थापासँगै माछा मार्नको गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । माछा मार्न गएका व्यक्तिहरूबाट माछा मार्न प्रयोग गरेको तार, रड र बांसको भाटा सहित नियन्त्रणमा लिईएको छ ।

मृतकको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको र घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?