रामपुरमा ग्लोबल आईएमई द्वारा वित्तिय साक्षरता तथा सचेतना प्रदान

पाल्पा, ग्लोबल आईएमई बैंक रामपुर शाखाले वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले रामपुर क्षेत्रका उद्योगी, व्यवसायी, मजदुर, बैंकका सेवाग्राही तथा सरोकारवालाहरुलाई शुक्रबार वित्तिय साक्षरता तथा सचेतना प्रदान गरेको हो ।

बैंकका सेवाग्राही तथा ग्राहकलाई प्रविधिमैत्री बनाउन र नगद रहित कारोबारका लागि प्रोत्साहित गर्न साक्षरता सम्बन्धी कार्यक्रम गरिएको बैंकका रामपुर शाखा प्रमुख बाबुराम लम्सालले जानकारी दिनुभयो । ग्राहकको विश्वासका कारण नै आज बैंक देशकै ठूलो बैंक भएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम सञ्चालन  गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा रामपुर शाखाका रिलेशनसिप म्यानेजर कृष्ण प्रसाद भट्टराईले बैंकको वर्तमान अवस्था, रामपुर शाखाको सेवा प्रवाह संगै वित्तिय साक्षरताको बारेमा प्रशिक्षण दिनु भएको थियो । उहाँले बचतको महत्व, बचत गर्ने तरिका, पुँजी निर्माण लगाएतका विषयमा जानकारी दिनु भएको थियो ।

बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसन, इन्टरनेट बैंकिङको प्रयोगका विषयमा रामपुर शाखाका अपरेशन डिपार्टका कर्मचारी सुदिप गौतमले जानकारी गराउनु भएको थियो । रिसर्च प्रसन खुशीलाल देवकोटाले व्यवसाय दर्ता गर्ने प्रक्रिया, करको महत्व, कारोवार हिसाव व्यवस्थित गर्ने गरिका, लेखापरीक्षण लगाएतका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अन्तरक्रिया समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?