निजामती सेवा दिवसको अवसरमा रामपुर अस्पतालमा सरसफाई तथा सेवाग्राहीलाई सम्मान

पाल्पा, निजामती सेवा दिवसको अवसरमा रामपुर अस्पताल रामपुर पाल्पामा सरसफाई तथा पहिलो सेवाग्राहीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । २० औं निजामती सेवा दिवसको अवसरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शुक्रबार विहान अस्पताल परिसर सरसफाई संगै शुक्रबार सेवा लिन आउने पहिलो सेवाग्राहीलाई सम्मान गरेको हो ।

अस्पतालका कर्मचारीहरुले शुक्रबार पहिलो सेवाग्राहीको रुपमा आएका सीता मायाँ नेपाली र प्रेम बहादुर कुमाललाई खादा ओढाएर जुस प्रदान गरी सम्मान गरेको प्रशासन सहायक हिरा वि.क.ले जानकारी दिनुभयो । कार्यक्रममा रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल, रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विवेक भण्डारी, एमडिजिपी डाक्टर सुनिल दास लगाएतको उपस्थिति रहेको थियो ।

निजामती सेवा दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको छ । यता स्थानीय तहका कर्मचारीहरुले भने आफ्ना माग सरकारले सम्बोधन नगरेको भन्दै निजामती सेवा दिवसको दिन हातमा कालोपत्ती बाँधेर सेवा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?