तमु प्ये ल्हु संघ स्याङ्जाको पाँचौ अधिवेशन वालिङमा सम्पन्न

तिलक गुरुङ
वालिङ, तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति स्याङ्जाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कमल गुरुङको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सोन कुमार गुरुङ, सचिवमा रत्न बहादुर गुरुङ, सह–सचिवमा गुमान गुरुङ, कोषध्यक्षमा दल वीर गुरुङ, सहकोषध्यक्षमा टिमा गुरुङ रहनु भएको छ । वालिङ तमु समाज भवनमा सम्पन्न अधिवेशन तमु प्ये ल्हु संघ जिल्ला कार्य समिती स्याङ्जाका अध्यक्ष कमल गुरुङको अध्यक्षता र तमु प्ये ल्हु संघ केन्द्रीय उपध्यक्ष भोज राज गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।
अधिवेशनमा प्रमुख गुरुङ, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय उपाध्यक्ष लेप्टीनेन याम बहादुर गुरुङ, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाका अध्यक्ष रबि गुरुङ लगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । संघका उपाध्यक्ष सोन कुमार गुरुङको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन संचालन सचिव रत्न गुरुङले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?