पाल्पाली समाज युएईको तिज विशेष कार्यक्रममा बोटमा सम्पन्न

युएई, महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै जाँदा नेपालमा चहलपहल बढ्दै गएको छ । यता प्रवासमा रहेका नेपालीहरुले पनि मौलिक नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिदै तिजविशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यता वैदेशिक रोजगारको क्रममा प्रवासमा रहे पनि आफ्नो जन्मूमीमा सामाजिक कार्य सञ्चालन गर्दै आएको पाल्पाली समाज युएईले पनि तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो मौलिक पर्वको निरन्तरता संगै युएईमा रहनुभएका महिला दिदी बहिनीहरु तिजको अनुभुति दिलाउन ‘एकाइशौं शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाँउदो पाल्पालिहरुको अभियान’ भन्ने नारा सहित कार्यक्रम गरेको हो ।

गत भदौ २४ गते अर्थात १० सेप्टेम्बर २०२३ का दिन तिज विशेष कार्यक्रममा बोटमा सम्पन्न गरेको हो । कार्यक्रममा ६ सय ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो । स्वदेशको संस्कृतिलाई परदेशमा निरन्तरता दिदै नेपालीपनलाई कायम राख्न पाल्पाली समाज युएईले स्थापनाकाल देखि नै हरितालिका तिजको अबसर पारेर महिलादिदी बहिनीहरुलाई दर खुवाउँदै आएको समाजकी अध्यक्ष ओम कुमारी खाँणले जानकारी दिनुभयो । कार्यक्रममा पाल्पाली समाज युएईले महिलाहरुलाई खादा, पाल्पाली ढाकाको व्याग, पिपलको पातको व्याजको रुपमा प्रदान गरी सम्मान गरेको थियो । महिलाहरुलाई दरको रुपमा विशेष खानाको परिकार खुवाएको थियो । साथै महिला दिदीबहिनीहरु  तिजगीतमा नाचेका थिए ।

    पाल्पाली समाज युएईका अध्यक्ष ओम कुमारी खाँणको अध्यक्षतामा भएको कार्यक्रममा युएई अबस्थित नेपालीहरुको अभिभावक चन्द सापकोटा रहनु भएको थियो । कार्यक्रममा जिल्लागत संस्थाहरुको छाता संगठन नेपाली समाज युएईका अध्यक्ष एवं पाल्पाली समाज युएईका प्रमुख सल्लाहाका बेद प्रसाद अर्याल, नमस्ते ट्राभल्सका संचालक एवं नेपाल बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाली समाज ययूईका महासचिव केदार कुँवर, नेपाल एयरलाइन्स कन्ट्री म्यानेजर अस्मिता सुबेदी, नेपाल पत्रकार महासंघका सचिब माधब न्यौपाने, स्याङ्जा समाज युएईका सचिव विष्णु गैरे, नेपाल न्युज हाउसका शिलेंद्र बराल, पाल्पाली समाज युएईका संरक्षक कृष्ण आचार्य, समाजका उप–संरक्षक खुम बहादुर आले,सल्लहाकार बरुण खनाल, श्रीधर बस्याल लगायतको उपस्थिति रहेको समाजका उपाध्यक्ष  खगेश्वर बाेटे पाल्पालीले जानकारी दिनुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष कैलाश अर्यालको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव खुम प्रसाद न्यौपानेले गर्नु भएको समाजका उपाध्यक्ष खगेश्वर बोटे (पाल्पाली कान्छा) ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?