लम्पीस्किन रोग प्रभावित पशुको उपचारका लागि औषधि तथा सामाग्री प्रदान

पाल्पा,हेफर इन्टरनेशनल नेपालले लम्पीस्किन प्रभावितपशुहरुको उपचार र राहतको लागि पालिकाहरुलाई भेटेरिनरी औषधि तथा सामाग्री उपलब्ध गराएको छ । गाई तथा भैंसीमा देखिएको लम्पीस्किन रोगको महामारी फैलिरहेकोे अवस्थामा देशभरका २० भन्दा बढी स्थानीय तहलाई सामाग्री उपलब्ध गराएको हो ।

भोकमरी र गरिबीको अन्त्य गर्न समर्पित अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा रहेको हेफर इन्टरनेशनल नेपाल, पशु कल्याण, पशुुधनको सुरक्षा र जोखिममा परेका समुदायहरुको जीवनस्तरमा सुधार गर्न प्रतिवद्घ रहँदै आएको छ । लम्पीस्किन रोगले गाईवस्तुलाई असर गर्नुका साथै प्रकोप बाट पशुधन र कृषकहरुको जीविकोपार्जनमा परेको प्रभावलाई न्युनीकरण गर्नु हेफर इन्टरनेशनल नेपालले देश भरका २० भन्दावढि स्थानीयनिकायहरु मार्फतप्रभावित समुदायलाई आवश्यकऔषधितथा सहयोग उपलब्ध गराउनआफ्नो श्रोतको परिचालन गरेको जनाएको छ । । हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थ राज रेग्मीले संस्था साना किसान तथा जोखिममा परेका समुदायलाई सहयोग गर्न समर्पित रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पशुधनको स्वास्थ्य नेपालको खाद्य सुरक्षा र ग्रामीणजीवनयापनको अत्यावश्यकपाटो हो । हाम्रो संस्था साना किसान तथा जोखिममा परेका समुदायहरुलाई सहयोग गर्न समर्पित छ । संकटको समयमाहामी स्थानिय सरकार तथाविभिन्न सरोकारवालानिकायहरुसंग मिलेर कामगरिरहेका छौं ताकिलम्पीस्किन रोगको प्रकोप विरुद्धलड्न आवश्यकऔषधि र विशेषज्ञताप्रदान गर्न सकियोस् ।”

हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. लेखनाथ अधिकारीले लम्पिस्किन रोगको उपचारको लागि पशु सेवा विभाग द्वारा प्रकाशित प्रोटोकल बमोजिम औषधी पालिकाहरुलाई उपलब्ध गराईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पशुको उपचारका लागि आवश्यक सामाग्री तथा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगतको पशु सेवा बिभाग द्धारा प्रकाशित लम्पिस्किन रोगको उपचारको प्रोटोकल बमोजिमका आधारभूत औषधीहरु सहयोग स्वरुपपालिकालाई उपलब्ध गराइएको छ । ” उहाँले उपचारका क्रममा आवश्यक पर्ने थप प्राबिधिक ज्ञान तथा सीपकालागि सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो ।

हेफरले प्रति पालिका करिब एक लाख रुपैंयाँ बराबरको १८ प्रकारका उपचार सामाग्री, औषधीहरु र यसका साथै करिब १००० वटा लम्पीस्किन रोग सम्बन्धीज्ञान सामग्री पनि हस्तान्तरण गरेको हो । हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले पाल्पामा निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकालाई सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको कार्यालयमा पुगेर पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, पशु सेवा शाखा प्रमुख लगाएतको उपस्थितिमा सामाग्री प्रदान गरेको थियो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयाल, पशु शाखा संयोजक ओम बहादुर मश्राङ्गी लगाएतको उपस्थितिमा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. लेखनाथ अधिकारी र शोभाखर न्यौपानेले सामाग्री प्रदान गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?