पाल्पा, धर्मोदय दशावतार बालन सांस्कृतिक समुह रामपुर नगरपालिका बाट एक लाख रुपैयाँ सहित सम्मानित भएको छ । संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समुहले पु¥याएको योगदानको कदर गर्दै नगरपालिकाले शनिबार सम्मान गरेको हो ।
रामपुर नगरपालिको आयोजनामा भएको तीजगीत तथा नृत्य प्रतियोगिता कार्यक्रमको अवसरमा बालन समुहलाई सम्मान गरेको हो । धर्मोदय दशावतार बालन सांस्कृति समुहका अध्यक्ष हरिप्रसाद खनाल, सचिव दुर्गा प्रसाद भट्टराई सहित समुहका पदाधिकारीलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले चेक र सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । नगर प्रमुख थापाले लोपन्मुख बालनको जगेर्ना गरी संस्कृतिको माध्यम नगरपालिकालाई चिनाउन समुहले महत्वपूर्ण योगदान दिएको भन्दै थप प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो ।
नगरपालिकाले बालनमा सहभागी कलाकार सबैलाई सम्मान पत्र प्रदान गरेको थियो । समुहले लोपहुने अवस्थामा पुगेको बालनको जगेर्ना गरी देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ ।