पाल्पाको तिनाउ–२ मा कुटपिट बाट एक युवकको मृत्यु

पाल्पा, तिनाउ गाउँपालिका–२ पाल्पामा कुटपिट बाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ–२ दोभान घोडेबाँसका २४ वर्षिय सुनिल खत्री रहेका छन् ।

आईतबार राति साढे १० बजे तिर स्थानीय भेला भएर तीजको नाचगान गर्ने क्रममा खत्री र उनका साथीहरु विच सामान्य झैझगडा भएको थियो । उक्त विषयलाई लिएर राती साढे १२ बजे झै झगडा हुँदा धारिलो हतियार प्रहार बाट खत्री सख्त घाईते भएका थिए । उनलाई उचारको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।

प्रहरीले कुटपिटमा संलग्न शंकास्पद ४ युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?