रामपुरमा अटो दुर्घटना हुँदा २ जना घाईते

फाईल तस्बिर

पाल्पा , रामपुर नगरपालिका वडा नं. ३ अँधिरेखोलामा अटो दुर्घटना हुँदा दुई जना घाईते भएको छ । मंगलबार विहान ६.३० बजे गण्डकीढिक देखि रामपुर वेझाँड तर्फ आउँदै गरेको लु १ ह ६५२ नम्बरको अटो दुर्घटना हुँदा दुई जना घाईते भएको हो ।

दुर्घटनामा परि नवलपरासी बर्दघाटकी ६६ बर्षिय मुगादेवि भण्डारी र रामपुर ३ गण्डकीढिक बस्ने ५५ बर्षका केशव प्रसाद न्यापाने घाईते भएका छन् । घाईते मध्य मुगादेविको खुट्टामा र केशवराजको करङ भाचिएको छ । रामपुर अस्पतालमा सामान्य उपचार पछि घाईते मध्ये मुगादेविलाई गण्डकी मेडिकल कलेज पोखरा र केशवराजलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरेको छ ।

ओभर स्पिडका कारण दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरि निरिक्षक शालिकराम खनालले बताउनुभयो । अटो र अटो चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?