पूर्व उपसभामुख भुसाल आज रामपुर आउँदै

पाल्पा, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसाल आज रामपुर आउनुहुने भएको छ । नेपाल महिला संघ रामपुर नगर कार्यसमितिले संविधान दिवस संगै हरितालिका तीजको अवसरमा आयोजना गरेको ३० औं खुल्ला तीजगित प्रतियोगिता कार्यक्रम उहाँ आउनु हुने भएको हो ।

कार्यक्रममा पूर्व  सभामुख पुष्पा भुसाल आउनुहुने कार्यक्रम रहेको नेपाल महिला संघ रामपुरका सभापति शारदा आचार्यले जानकारी दिनुभयो ।  तीजगित प्रतियोगिता संगै कार्यक्रममा राष्ट्रिय कलाकरहरुको पनि प्रस्तुति रहने छ । महिला संघले हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष ऋषि पञ्चमीको भोलीपल्ट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?