संविधान दिवसको अवसरमा विजयपुरमा सरसफाई संगै वृक्षरोपण

पाल्पा, संविधान दिवसको अवसरमा रोटरी क्लव अफ रामपुर पाल्पाले सरसफाई संगै वृक्षरोपण गरेको छ । क्लवले विजयपुर बजार व्यवस्थापन समितिको सहकार्यमा बुधबार विहान विजयपुर बजार तथा विजयपुर खेल मैदान परिसर सरसफाई गरेको हो ।

सरसरफाई कार्यक्रमको एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । रोटरी क्लव अफ रामपुरका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले घर तथा पसल बाट निस्किएका फोहोर आफैले व्यवस्थापन गर्नका लागि कार्यक्रमले सन्देश दिएको बताउनुभयो । उहाँले रोटरी क्लवले सञ्चालन गरेको सामाजिक कार्यको प्रशंसा गर्नु भयो ।

रोटरी क्लव अफ रामपुरका अध्यक्ष सागर प्रसाद देवकोटाले संविधान दिवसको अवसर पारेर सरसफाई गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख थापा, रोटरी क्लव अफ रामपुरका अध्यक्ष देवकोटा, अष्ट्रेलिया बाट आउनु भएका रोटरियन जोन, रोटरियन एना र विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाले विजयपुर खेल मैदानको किनारमा १/१ वटा विरुवा लगाउनु भएको रोटरी क्लव अफ रामपुरका नोमिनी प्रेसिडेण्ट गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ रामपुरका रोटरियन, विजयपुर बजार व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ रामपुरका सचिव गोविन्द पाठकले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?