बगनासकालीमा जिप र मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु

पाल्पा,  पाल्पामा जिप र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बगनासकाली गाउँपालिका ७ का २८ वर्षिय सुधन भट्टराई रहेका छन् ।

आज विहान ११ः३५ बजे बगनासकाली गा.पा. ९ चाप्पानी स्थित भित्री पक्कि सडक खण्डमा तानसेनबाट खानीगाउँ तर्फ जादैं गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको लु १ ज १७५९ नम्बरको जिप एक आपसमा ठोक्किन जाँदा मोटरसाईकल चालक भट्टराई गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल लगिएको थियो । तानसेनमा उपचार हुन नसके पछि दिउँसो ३ बजे हेलिकप्टर बाट ग्राण्डी अस्पताल काठमाडौं पठाइएको थियो ।

उनको उपचारको क्रममा अपरान्ह ५ः५० मा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?