‘मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन जरुरी छ’ : पूर्व उपसभामुख भुसाल

 

पाल्पा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजानु आवश्यक रहेको बताउनु भएको छ । हरितालिका तीज संगै संविधान दिवसको अवसरमा नेपाल महिला संघ रामपुर समितिले पाल्पाकोमा रामपुर आयोजना गरेको ३० औं खुल्ला तीजगित प्रतियोगितालाई सम्बोधन गर्दै भुसालले युवाहरुलाई स्वदेश मै बस्न सक्ने वातावरण सिर्जना गर्नु पर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा शान्ति प्रक्रिय अघि बढ्यो, संविधान हामीले लेख्यौ अब मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन जरुरी छ ।’ अहिलेका युवाले बसेरमा मात्र चित्त नबुझाउने स्पष्ट पार्नुभयो । ‘मुलुकमा भएका विकासका सम्भावनाहरुलाई उजागर गर्न जरुरी छ । अहिलेका युवाले बसेर मात्र चित्त बुझाउँदैन । अबको युवाले कमाउन चाहान्छ । धनी बन्न चाहान्छ । उत्पादन गर्न चाहान्छ । त्यसको लागि मुलुकलाई समृद्धिको दिशा तर्फ अगाडी बढाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

संविधान दिवस मनाउँदै गर्दा संविधान जारी गर्नका लागि महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्मरण गर्नु आवश्यक रहेको बताउनुभयो । गणतन्त्र ल्याउन र संविधान जारी गर्न नेपाली कांग्रेसले अग्रणी भुमिका निर्वाह गरेका स्पष्ट पादै उहाँले भन्नुभयो ‘गिरिजा प्रसाद कोइरालाले अन्तराष्ट्रिय दवावको सामना गरेर शान्ति प्रक्रियाको थालनी नगरेको भए, शुसिल काईरालाले चुनौतीको सामना नगरेको भए संविधान बन्दैनथ्यो ।’ संविधान र प्राप्त उपलब्धिलाई जोगाउन लोकतन्त्रलाई जोगाउनु आवश्यक रहेको बताउनुभयो ।

६० वर्ष पछि महिलाले प्राप्त गरेको अधिकार जोगाउन लोकतन्त्रको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । संविधान संगै महिलाले राजनैतिक अधिकार प्राप्त गरे पनि सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु मायाँ ढकालले नेपालको संविधानले महिलाहरुलाई अधिकार सम्पन्न गराएको स्मरण गर्दै अब युवा जनशक्तिलाई मुलुक मै रहन सक्ने वातावरण सृजना गर्नु आवश्यक रहेको बताउनुभयो । वीर योद्धाहरुको नाम बाट चिनिएको देश अहिले युवाहरुलाई श्रमका लागि विदेश पठाउने मुलुकको रुपमा रहन गएकाले अब सोच्ने समय आएको बताउनुभयो । नेपाल महिला संघका केन्द्रिय सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य पवित्रा पौडेल ढकालले नेपालका महिला संघ संगठनहरुले मुलुकको परिवर्तनमा अग्रणी भुमिका निर्वाह गरेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मौलिक संस्कृतिको संरक्षणलाई जोगाउनु हामी सबै जना सतर्क रहनु पर्ने बताउनुभयो ।

नेपाल महिला संघ रामपुरले विगत ३० वर्ष देखि प्रत्येक वर्ष ऋषिपञ्चमीको भोलिपल्ट खुल्ला तीज गित प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ । सोही अनुसार प्रतियोगिता आयोजना गरेको थियो । गण्डकी बेशी क्षेत्रका १२ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रथम रामपुर नगरपालिका–१०, मिना भण्डारीको समुह, द्वितिय द युनिक गाईन रामपुर नगरपालिका –७, तृतिय सुरक्षा आमा समुह केवरे भञ्ज्याङ्ग स्याङ्जा, सान्त्वना रामपुर ३ बोहोरी डाँडा झुप्री टोल, दामाचौर बजार व्यवस्थापन समिति चापाकोट स्याङ्जा र नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पा भएको निर्णायक मण्डलका संयोजक रामप्रसाद ढकाल (रमेश)ले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी समुहलाई नगद २० हजार , १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमकमो अवसरमा संघले लोकतन्त्रमा स्थापनामा महत्वपूर्ण योगदान दिनुभएको व्यक्तित्वहरु रामपुर नगरपालिका–६ का श्रीकान्ती भट्टराई, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं नेपाल महिला संघका क्षेत्रिय सभापति विष्णु मायाँ ढकाल, रामपुर– ७ का भुमिसरा सिंजाली, रामपुर–५ का धनकुमारी पोखरेल, लिला कुमारी वि.क. र रामपुर–३ का मनीकुमारी पाठकलाई सम्मान गरेको थियो । साथै २०७९ सालको माध्यमिक शिक्षा परीक्षामा पाल्पा जिल्ला प्रथम हुन सफल अस्मिता श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक मोहन खड्का, गायिका गायिक मिना लामा लगाएतको प्रस्तुति रहेको थियो । बेझाँड बजार स्थित रामपुर युवा क्लवको मञ्चमा भएको प्रतियोगिता नेपाल महिला संघ रामपुर नगर समितिका सभापति शारदा आचार्यको अध्यक्षतामा भएको थियो । संघका उपसभापति सावित्रा गैरेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सीता डोटेल र सचिव जमुना रानाले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?