नयाँ प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितलाई रामपुर नगरपालिकाद्धारा स्वागत

पाल्पा , रामपुर नगरपालिकाले स्वागत सहित परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा नयाँ आउनु भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितलाई विहिबार स्वागत सहित जनप्रतिनिधि र कर्मचारी विच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको समृद्धीलाई केन्द्रमा राखेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले आफ्नो काम , कर्तव्य र अधिकारको मनन गरि जनताको सहजता र सुशासनका लागि काम गर्न निर्देशन दिनुभयो । साथै जनप्रतिनिधिको तर्फबाट पूर्ण साथ सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख थापाले योजनाबद्ध तरिकाले कार्यालयको दैनिक कार्य सम्पादन गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले निति निर्माण गर्ने तहमा जनप्रतिनि भएको र कार्यान्वयन गर्ने कर्मचारीले भएको भन्दै हरेक निति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न आग्रह गर्नुभयो । साथै धेरै समय सम्म बसेर का मगर्न अनुरोध गर्दै नगरको विकासमा प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।


नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले कार्यपालिकाले तय गरेको निति तथा कार्यक्रम र योजनालाई सफलता पूर्वक कार्यान्वयन गर्न आफु प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधि विच समन्वय र सहकार्यको आवश्यकता रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पण्डितले रामपुर नगरको विकास र समृद्धिका लागि आफुले काम गर्ने बताउनुभयो । साथै जनप्रतिनिधि कर्मचारी सबै मिलेर काम गरे जनतालाई सहजता र नगरको समृद्धि हुने बताउनुभयो । कार्यक्रममा आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले सबै कर्मचारीको अविभावकिय भुमिका निर्वाह गर्न अनुरोध गर्दै सफल र सुखद कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितलाई ढाका टोपी खादा सहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । भर्खरै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित नुवाकोटको वेलकोटगढि नगरपालिकाबाट सरुवा भई आउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?