पुर्वी पाल्पा रामपुर–रुपन्देही सम्पर्क समाज गठन

बुटवल, पुर्वी पाल्पा रामपुर–रुपन्देही सम्पर्क समाज गठन भएको छ । रामपुर जन्मथलो भई रुपन्देहीलाई कर्मथलो बनाउँदै आएका व्यक्तित्वहरुको बुटवलमा बसेको भेलाले अरुण अर्यालको संयोजकत्वमा पुर्वी पाल्पा रामपुर–रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन गरेको हो ।

सह संयोजकमा देवराज खनाल, सचिव भोजराज न्यौपाने र सदस्यहरुमा दिपक बास्तोला, हरि घिमिरे, नारायण खनाल, इन्दिरा आचार्य, मन्जु बास्तोला र विन्द्रा देवकोटालाई चयन गरेको छ ।

यसैबीच भेलाले दामोदर घिमिरेको संयोजकत्वमा अरुण अर्याल र भोजराज न्यौपाने सदस्य रहेको बिद्यान मस्यौदा लेखन समिति गठन गरेको छ । भेलापछि बोल्दै संयोजक अर्यालले समितिमा सदस्य बिस्तार गर्दै बैैैधानिक रुपमा आफ्नो जन्मथलोमा गर्न सकिने काम र विकासबारे परामर्स्शमा जोड दिने बताउनुभयो । समाजको भेला शिवराज सिग्देलको अध्यक्षतामा बसेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?