पाल्पाको दुई स्थान बाट दुई लाख ७५ हजार बढीको अवैध सामान बरामद

पाल्पा, पाल्पामा प्रहरीले दुईलाख ७५ हजार बढीको अवैध सामान बरामद गरेको छ । सवारी चेकजाँचको क्रममा बुटवल बाट पाल्पा तर्फ आउँदै गरेको दुई पिकअप भ्यान बाट छुट्टा छुट्टै स्थान बाट २ लाख ७५ हजार ८ सय ६० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

शनिबार विहान दोभान प्रहरीले सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ निकासीमा चेकजाँच गर्ने क्रममा बुटवल बाट पाल्पा तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिकअप भ्यान बाट विल भौचर नभएको ८७ हजार ६ सय ६० बराबरको सामान बरामद गरेको हो । भ्यान बाट क्याटिक सोडा ६ बोरा, टायल क्लिनर ४ सय १ पिस, फिनेल ७४ पिस, हार्पिक २० पिस बरामद गरेको हो ।

त्यस्तै शनिबार दिउँसो तानसेन नगरपालिका-६ स्थित अस्थायी ट्राफिक प्रहरी बिट तानसेन बसपार्क बाट खटिएको प्रहरी टोलीले १ लाख ८८ हजार २ सय बराबरको सामाग्री बरामद गरेको छ । बुटवल बाट तानसेन तर्फ अाउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यान बाट विल भौचर नभएको पलाष्टिक बाट बनेको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सो गाडी बाट पलाष्टिकको गमला ४ सय ८६ थान, पलाष्टिकको पिर्का १ सय २० थान, पलाष्टिकको जाली सहितको भाँडा राख्ने गमला ४० थान र पलाष्टिकको म्याट २ सय ४० थान भेटिएको थियो । दुवै पिकअप भ्यानका चालक र सवारीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजस्व अनुशन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?