तिलक गुरुङ
वालिङ, स्याङ्जाको भिरकोट नगरपालिका-२ मा मोटरसाईकल दुर्घटना हुँदा १ जना घाईते भएका छन् । भिरकोट नगरपालिका-२, बयरघारीबाट दहथुम तर्फ जाँदै गरेको ग ५ प १६४६ नं. को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा भिरकोट नगरपालिका २ बयरघारीमा कोठा भाडा गरी बस्दै आएका वालिङ ३ का २५ वर्षीय मिलन बहादुर गुरुङ् घाइते भएका हुन् ।
अाईतबार साँझ ८:४५ बजे मोटरसाईकल अनियन्त्रित भई उनी घाईते भएका हुन् । उनको आरे मेडिकल बयरघारीमा सामानय उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको थियो । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको र अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।