संघीय निजामति सेवा ऐनमा  माग समावेश गरि ऐन जारी गर्न दवाव स्वरुप रामपुरमा विरोध कार्यक्रम


पाल्पा , स्थानीय तहमा कार्यरत कर्मचारीहरुले बुधबार देशैभर दबाब मुलक विरोध कार्यक्रम गरेको छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुले विभिन्न माग राख्दै विरोध कार्यक्रम गरेको हो । जस अन्तर्गत रामपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुले संघीय निजामति सेवा ऐनमा कर्मचारीका माग समावेश गरि ऐन जारी गर्न दवाव स्वरुप विरोध कार्यक्रम गरेको हो । नगरपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालोपत्ति बाँधेर सेवा दिएका थिए भने कार्यालयमा विभिन्न माग समेटिएको ब्यानर टाँस गरिएकाे विराेध कार्यक्रमका संयाेजक हृदयेश पन्थीले जानकारी दिनुभयो ।

कर्मचारीहरुले संघीय निजामति सेवा ऐनको सट्टा एकिकृत निजामति ऐन जारी गरिनु पर्ने , स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने , तिनै तहको कर्मचारीको समानवृत्ति विकासको व्यवस्था गर्नु पर्ने लगाएतका माग राख्दै दबाब स्वरुप विरोध कार्यक्रम गरेको हो  । देशैभरीकाे विराेध कार्यक्रम अन्तर्गत साेही कार्यक्रमलाई ऐक्यबद्धता जनाउदै बिराेधकाे कार्यक्रम गरिएको रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?