रामपुर २ र ३ जोड्ने निस्दी खोला पक्की पुलमा क्षति

तस्विर :– अर्जुन पौडेलको फेसबुक बाट


पाल्पा,
रामपुर नगरपालिका वडा नं. २ र ३ जोड्ने निस्दी खोला पक्की पुलमा अविरल वर्षाद संगै आएको भेलले क्षति गरेको छ । बुधबार दिउँसो नदीको भेलले सञ्चालनमा रहेको पुरानो पुलको दुवै छेउमा क्षति पुगेको हो ।

पुल भन्दा केही माथि कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको दुई लेन पुल निर्माणको क्रममा नदीको बहाव परिवर्तनका लागि थुपारिएको बालुवा तथा माटोका कारण नदीमा आएको नदीको भेलले पुलको छेउ भाग तथा सडकमा कटान गरेको हो । निर्माणाधिन पुलको वडा नं. २ तर्फको एक वटा स्पान निर्माण पश्चात वडा नं. ३ तर्फ काम सुरु भैरहेको थियो ।

केही समय यता पुल निर्माणको कार्य तिव्रगतिमा भैरहेको थियो । पुल निर्माणको लागि थुपाएिको माटोका कारण भेलले सञ्चालनमा रहेको पुलमा क्षति गरेको वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो । भेलले रामपुर–३ गण्डकी ढिकका स्थानीयले प्रयोग गर्दै खानेपानीको टंकीमा पनि क्षति पुगेको छ ।

सडकको केही भाग कटान गरेपछि अहिले कालीगण्डकी कारिडोर अन्तर्गत साना हलुका सवारी मात्र सञ्चालनमा रहेको छ । केलादी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश पछाईका अनुसार ठूला सवारी सञ्चालनमा केही समय लाग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?