रामपुर ६ मा छिमेक लघुवित्तको वित्तिय साक्षरता सम्पन्न

पाल्पा, छिमेक लघुवित्त वित्तीय संस्थाले रामपुर नगरपालिका वडा नं. ६ मा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । रामपुर शाखा कार्यालयको आयोजनामा रामपुर ६ सातविसेमा कार्यक्रम सम्पन्न गरेको हो ।

विजयपुर कृषि सहकारी संस्थाको भवनमा छिमेक लघुवित्त वित्तीय संस्थाका लुम्बिनी प्रदेश प्रमुख रामनाथ महतो र अनुगमन अधिकृत नेत्र बहादुर अधिकारीले सहजिकरण गर्नु भएको थियो । प्रदेश प्रमुख हमतोले वित्तीय साक्षरताको संगै आर्थिक अवस्था सुधारका लागि व्यवसायिक योजना निर्माण, व्यवसाय लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । अनुगमन प्रमुख अधिकारीले बचत गर्ने तरिका ऋण किन लिने ? पैसा कसरी बचाउन सकिन्छ ? ऋणको सहि सदुपयोग र छिमेक लघुवित्त बाट प्रदान गरिने अन्य सेवा सुविधाका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम रामपुर शाखाका प्रबन्धक संकल्प लामिछानेको अध्यक्षतामा भएको थियो । छिमेक लघुवित्त रामपुर शाखा बाट करिब २ हजार सदस्यले प्रत्यक्ष सुबिधा पाएका छन् । कार्यक्रममा करिब ४५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?