राम्दी बाट लागू औषध सहित २ जना प्रहरीकाे नियन्त्रणमा

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको राम्दी बाट लागू औषध सहित २ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । बगनासकाली गाउँपालिका-५, राम्दी बाट विहिबार दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सुनौलीबाट बाग्लुङ बेनी तर्फ जाँदै गरेको यात्रु बाहक बस रोकी चेकजाँच गर्ने क्रममा विहान १ बजे बगनासकाली गा.पा. ५ स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा प्रहरी चौकी राम्दीबाट डिउटी खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला फेटा गाउँपालिका- २ घर भई जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं. ४ बस्ने बर्ष २५ को सोहन हुसेन र बसका सह-चालक स्याङ्जा पुतलीबजार न.पा. ५ घर भई जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं. २ बस्ने बर्ष ३१ को किसोर वि.क.लाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा हुसेनले हातमा समातेको जेब्रा झोला तथा उनको शरीर खानतलासी गर्दा उक्त झोला भित्र प्लाष्टिकमा पोको पारी राखेको लागू औषध
डाईजेपाम १२१ एम्पुल, फेनारगन १२४ एम्पुल, गागण: १२१ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

साथै उक्त लागु औषधमा सोही बसका सह-चालक वि.क. समेत संलग्न रहेको भन्ने खुल्न आएको हुँदा निज किसोर वि.क. र हुसेनलाई नियन्त्रणमा लिई लागु औषध सहित जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?