रामपुर-३ मा प्रहरीको सचेतना कार्यक्रम सम्पन्न

पाल्प, रामपुर नगरपालिका वडा नं. ३ मा प्रहरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी प्रहरी सचेतनाकार्यक्रम ३ नं. वडा कार्यालयमा भएको हो ।

कार्यक्रम ईलाका प्रहरी रामपुरका प्रमुख शालिकराम खनालले अपराध नियन्त्रण, सवारी दुर्घटना, महिला तथा घरेलु हिंसा, लागुअौषध नियन्त्रणका संग‌ै कानुनले गरेको व्यवस्थाको विषयमा जानकारी दिनु भएको थियो । शान्ति र सुरक्षाको लाग प्रहरी एक्लै सम्भव नहुने भन्दै सबैको साथ र सहयोगको अावश्यक रहने बताउनुभयो ।

कार्यक्रम रामपुर नगरपालिका ३ का वडा सदस्य गोब ब राना (राजु) को अध्यक्षमा भएको थियो । वडाका सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन प्रहरी जवान मनोज कुमार हरिजन गर्नु भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?