सडक मर्मतको क्रममा रामपुर-१० मा जेसिबि माथि नै पहिरो खस्यो

प्रकाश ज्ञावली
पाल्पा, रामपुर नगरपालिका वडा नं.१० मा सडक मर्मतको क्रममा पहिरो खस्दा जेसिबी सहित चालकलाई पुरेको छ । आईतबार अपरान्ह सडक सफाई गर्ने क्रममा खसेको पहिरोले जेसिबी पुरेको हो ।

रामपुर-१० को मिलन चौतारी देखि टोक्से जाने पुरानो मोटर बाटो सफाई गर्ने क्रममा सडक माथि बाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको जेसिबि पुरेको हो । सडक मर्मतको क्रममा खसेको पहिरोले चालक सहित जेसिबि पुरेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख शालिकराम खनालले जानकारी दिनुभयो । जेसिबि माथि ढुङ्गा सहितको पहिरो खसेको र चालकको कम्मर तलको भाग च्यापिएको अवस्थामा रहेकाले प्रहरी र स्थानीयले उद्धारको प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

चट्टान सहितको पहिरो खसेकाले उद्धारको कार्य अझै जारीरहेको बताउनुभयो । पहिरो हटाएर अहिले जेसिवि बाट चालकको उद्धारको प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी रहेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?