आयोजक ज्योतिपुञ्ज रामपुर (सेतो) ज्योतिपुञ्ज कपको फाईनलमा

पाल्पा, आयोजक ज्योतिपुञ्ज रामपुर (सेतो) ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको फाईनलमा पुग्न सफल भएको छ । सेमिफाईनल खेलमा भैरव स्पोर्ट क्लव नवलपरासीलाई २/० गोलले पराजित गर्दै फाईलनमा प्रवेश गरेको हो ।

रामपुर नगरपालिका–७ किसानबारीमा जारी प्रतियोगिता अन्तर्गत आज शुक्रबार दिउँसो ३ बजे देखि सुरु भएको खेलमा आयोजकका लागि मोहित गुरुङले २ गोलको योगदान गर्दै फाईनलमा प्रवेश गराउन सफल भएको हो । खेलको पहिलो हाफमा दुवै टिम विच प्रतिस्पर्धात्मक खेल भए पनि कुनै गोल हुन सकेन । दोस्रो हाफको १७ औं मिनेटमा गुरुङले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस लगतै उनले १८ औं मिनेटमा थप एक गोल २/० अंक बनाएका थिए ।

खेलमा म्यान अफ दि म्याच आयोजक ज्योतिपुञ्जका मोहित गुरुङ भएका छन् । उनलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्नु भएको थियो । शनिबार ३ बजे सेमिफाईनल अन्तर्गत न्यू युथ युनियन तानसेन पाल्पा र फर्साटिकर युथ क्लव रुपन्देही विचको खेल हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । वडा दशैं, तिहार तथा ज्योतिपुञ्ज युथ क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेल भने असोज २८ गते आईतबार दिउँसो २ बजे हुने क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । असोज २२ गते बाट किसानबारी खेल मैदानमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार रुपैयाँ र उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा ६ जिल्लाका कुल १० टोलीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको अवसरमा खेल सकिए पश्चात राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित मौलिक संस्कृतिक झाँकी प्रदर्शन हुँदै आएको छ । आज निस्दी गाउँपालिका–२, बाङलाङको घाटु नाच प्रदर्शन गरिएको थियो । साथै क्लवले मौलिक खानाका परिकार सहितको स्टल पनि राखेको छ । जहाँ नेवारी खानाका परिकार, मगरी खानाको परिकारहरु विक्री वितरण भैरहेको सांस्कृतिक कार्यक्रम संयोजक अर्जुनजंग श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?